१५ करोडभन्दा बढीको पाठ्यपुस्तक बिक्री

नेपालगन्ज, ९ वैशाख । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।

नयाँ शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्ममा कार्यालयले १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्म नेपालगन्ज कार्यालयबाट १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख ८ गतेसम्म ११ लाख २५ हजार ८६८ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ । कर्णालीको हुम्लामा तीन वटा बिक्रेतामार्फत ५३ हजार ६० थान, डोल्पामा सात वटा बिक्रेतामार्फत ३७ हजार ५९४ थान, रुकुमपश्चिममा १७ वटा बिक्रेतामार्फत एक लाख ३१ हजार १७७ थान, जाजरकोटमा छ वटा बिक्रेतामार्फत ५३ हजार ७७१ थान र सल्यानमा १४ वटा बिक्रेतामार्फत एक लाख १६ हजार ५१७ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।

त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा दुई वटा बिक्रेतामार्फत ३७ हजार ९९१ थान, रोल्पामा १० वटा बिक्रेतामार्फत एक लाख ६० हजार ६६५ थान, दाङमा चार वटा बिक्रेतामार्फत एक लाख ९० हजार ६६९ थान, बर्दियामा २७ वटा बिक्रेतामार्फत एक लाख ८९ हजार ५७५ थान र बाँकेमा १४ वटा बिक्रेतामार्फत एक लाख ५४ हजार ८४९ थान गरी जम्मा ११ लाख २५ हजार ८६८ थान पाठ्पुस्तक बिक्री भएको प्रमुख ढुङ्गेलले बताउनुभयो ।

गत वर्षसम्म जनक शिक्षाले कक्षा ५ देखि १२ कक्षा सम्मका पाठ्यपुस्तक वितरण गर्दै आएको थियो । तर, यस वर्षबाट कक्षा ३ को समेत पाठ्यपुस्तक जनक शिक्षाले नै छपाइ गर्ने र वितरण गरिने भनिएता पनि निजी छापाखानाले समेत ३ कक्षाको पुस्तक छपाइ गर्दा कम बिक्री भएको तथा बिक्री वितरण कार्यमा केही दबाब सिर्जना भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष कार्यालयबाट फागुनको पहिलो हप्तादेखि पाठ्यपुस्तक बिक्री वितरण थालिएको उहाँले बताउनुभयो ।

नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

गत वर्ष नेपालगन्ज कार्यालयबाट १० जिल्लामा १९ करोड ६० लाख ५० हजार ६२६ रुपियाँ बराबरका १४ लाख ४६ हजार १६ थान पाठ्यपुस्तक वितरण गरिएको र यो वर्ष करिब १८ लाख थान पाठ्यपुस्तक वितरण गरिने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई