विद्यार्थीको भविष्य बनाउने समय हो, सबै जिम्मेवार र सजग होऔं : शिक्षा मन्त्रालय

काठमाडौँ, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको भविष्य बनाउने समयमा आन्दोलनरत पक्षलाई जिम्मेवार र सजग हुन अपिल गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । त्यस्तै अन्य माध्यमिक तहका वार्षिक परीक्षाहरु सञ्चालन भइरहेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो । शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो । विद्यार्थीको भविस्य बनाउने समय हो । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था छैन । एक वर्ष लस हुन्छ । परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुनुहुन्छ भन्ने अपेक्षा छ ।’

विभिन्न समूहले आन्दोलन घोषणा गरेका छन् । विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरि कुनै गतिविधि नहुने अपेक्षा लिएको छ ।
काठमाडौँमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै आन्दोलन छ । यद्यपि, समाजवादी मोर्चको आन्दोलन भने एसईईका कारण १२ बजेपछि मात्र गर्ने निर्णय गरेको छ ।

सरकारले परीक्षाको लागि सुरक्षा व्यवस्था गरेको जनाएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालयले समन्वय गरेर सुरक्षाको व्यवस्था मिलाएको बताएकी छिन् । ‘गृहसँग कुरा गरेका छौँ । सुरक्षाको वयवस्था मिलाएको छ । विद्यार्थीले ढुक्कसँग परीक्षा दिने वातावरण सबैले बनाउनु पर्छ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई