बिहीबारदेखि नसर्ने रोगको फैलावट रोक्न परीक्षण अभियान

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । 

निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले परीक्षण अभियान थाल्न भएको हो । गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।

मन्त्री पौडेलले भने, ‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको हो,’ ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारमा

काठमाडौँ, २४ साउन । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९

काठमाडौँ, २४ साउन । झापाको बिर्तामोड नगरपालिका–२, बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते

काठमाडौँ, २४ साउन । सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा सोही स्थानका