देशभर १० लाखभन्दा बढीले लगाए एचपीभी खोप

काठमाडौँ, २९ माघ । देशभर एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो । 

देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ । 

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्