उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी छ : मन्त्री पौडेल

काठमाडौँ, २२ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैबीच सहकार्य जरुरी रहेको बताएका छन् ।

आज विश्व क्यान्सर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा क्यान्सर न्यूनीकरणका निम्ति धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए ।

उनले भने, “खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरू गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ,” ।

पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै उनले यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । “दिनमा चारजनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टसँग सम्झौता गरेको छ ।  सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनका

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार