स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ माघ ।  स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज  दसौँ राष्ट्रिय योग दिवस, २०८१ मनाइँदै छ ।

यस योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् भनी प्रधानमन्त्री ओलीले  शुभकामना दिएका छन् । 

उनले भनेका छन्, ‘योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो स्वास्थ्य रहनु । शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, पञ्चकन्या गाउँपालिकाका ३३ पदाधिकारी तथा सदस्यहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले राप्रपाभित्र

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।  ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज अपराह्न

काठमाडौँ, २४ साउन । सङ्घीय संसद् प्रतिनिधि सभाको भोली बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् । दुई मन्त्रीसँग

काठमाडौँ, २४ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत  समुदायको समानुपातिक प्रतिनिधित्व र राज्यका स्रोत–साधनमा समान पहुँच सुनिश्चित