मौद्रिक नीति आज सार्वजनिक नहुने 

काठमाडौँ, ४ साउन । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१/०८२ सार्वजनिक नहुने भएको छ ।

मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार हिजो नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अध्ययन गरेपछि मात्र सार्वजनिक हुनेछ ।

उनलाई अध्ययन गर्न समय लाग्ने भएकाले आज नै सार्वजनिक नहुने ती सदस्यले बताए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनका कारण आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिन पछाडि धकेलिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आगामी आइतबार पुनः बोर्ड बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै