ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, ३१ असार । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बेलुका कालीकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे२त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक चिङ्गाड गाउँपालिका सुर्खेतका २७ वर्षीय वीर परियार रहका छन् । दुर्घटनामा चालकसहित तीन जना व्यक्ति घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएकोमा चालक परियारको सोमबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका-५ का २२ वर्षीय प्रकाश तिरुवा र २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमै उपचार भइरहेको छ । ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ असार । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ

फाइल फोटो काठमाडौँ, १२ असार । होर्मुज स्ट्रेट भएर गइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि उद्धार कार्य रोकिएको छ । आक्रमण

काठमाडौँ, १२ असार ।भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५

काठमाडौँ, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको