आँधीले जापानमा उडान प्रभावित

एजेन्सी, १२ असार । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ ।

प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायुसेवा कम्पनीहरूले १२० वटा उडान रद्द गरेका छन् भने हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जापानको मौसम निकायका अनुसार गम्भीर उष्णकटिबन्धीय आँधी मेखालालाई टाइफुनको स्तरबाट कमजोर बनाइएको भए पनि यसले प्रतिघण्टा १४४ किलोमिटरसम्मको वेगमा हावा बहाइरहेको छ । दक्षिणी र पश्चिमी जापानका धेरै क्षेत्रमा भारी वर्षा भइसकेको छ ।

पूर्वानुमानअनुसार मेखाला सप्ताहन्तमा क्युसु र शिकोकु टापुतर्फ सर्ने सम्भावना छ । प्रशान्त महासागरमा सक्रिय अर्को उष्णकटिबन्धीय आँधी हिगोससँग यसको प्रभाव जोडिन सक्ने मौसमविद्हरूले बताएका छन् । क्योटो क्षेत्रमा सम्भावित पहिरोको जोखिम बढेपछि हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ । सार्वजनिक प्रसारक एनएचकेले प्रसारण गरेको दृश्यमा यस क्षेत्रका नदीहरूमा धमिलो र तीव्र बहाव देखिएको छ ।

दुई आँधीबिचको सम्भावित अन्तरक्रियाले ‘फुजिहारा प्रभाव’ उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा आँधीहरूको दिशा, गति र तीव्रताको पूर्वानुमान गर्न कठिन हुने मौसमविद्हरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरुषतर्फ उपसभापति पदका

भक्तपुर, १२ असार । दुई दशकदेखि भक्तपुरको सल्लाघारीमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई काठमाडौंको कोटेश्वर सार्ने तयारी भएपछि स्थानीय