कांग्रेस नेता गिरी आफ्नै घरबाट पक्राउ

विराटनगर, १३ असार । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् ।

गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गिरीको घरमा खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए । गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका