होर्मुजमा विस्फोट

फाइल फोटो

काठमाडौँ, १२ असार । होर्मुज स्ट्रेट भएर गइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि उद्धार कार्य रोकिएको छ ।

आक्रमण भएपछि संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय म्यारिटाइम संगठन (आईएमओ)ले त्यहाँ फसेका जहाजका ११ हजारभन्दा बढी चालकदलका सदस्यहरूको उद्धार कार्यलाई तत्कालका लागि रोकेको छ ।

ब्रिटिस सेनाले ओमाननजिकै एउटा जहाजमा मिसाइल वा अन्य प्रोजेक्टाइलबाट आक्रमण भएको जानकारी दिएको छ । यो घटनापछि होर्मुज स्ट्रेटको सुरक्षा अवस्था थप जटिल बनेको भन्दै आईएमओले आफ्नो उद्धार अभियान तत्कालका लागि स्थगित गरेको हो । 

यो आक्रमण इरानले आफ्नो अनुमतिबिना कुनै पनि नयाँ समुद्री मार्ग प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएको केही घण्टापछि भएको हो ।

आईएमओका महासचिव आर्सेनियो डोमिन्गुएजले जहाजहरूको सुरक्षा सुनिश्चित नभएसम्म उद्धार अभियान स्थगित रहने बताएका छन् । उनका अनुसार सुरक्षा ग्यारेन्टी उद्धार सूचीमा रहेका जहाजहरूका लागि मात्र नभई उक्त क्षेत्रमा सञ्चालनमा रहेका सबै जहाजहरूका लागि आवश्यक छ । उनले आक्रमणमा परेको जहाज आईएमओको उद्धार अभियानअन्तर्गत सञ्चालनमा नरहेको पनि स्पष्ट पारे ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि पक्षले लिएको छैन । ‘यूके म्यारिटाइम ट्रेड अपरेसन्स सेन्टर’का अनुसार आक्रमणबाट जहाजमा क्षति पुगे पनि कुनै मानवीय क्षति भएको छैन । 

आक्रमणको खबर सार्वजनिक भएपछि इरानको समुद्री ढुवानी नियमन निकाय ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत चेतावनी जारी गरेको छ । निकायले तोकिएको समुद्री मार्गभन्दा बाहिर गएर यात्रा गर्ने कुनै पनि जहाजको सुरक्षाको ग्यारेन्टी नदिइने स्पष्ट पारेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, १२ असार। २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि ।