भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या १८८ पुग्यो

काठमाडौँ, १२ असार ।भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पु¥याएको हो ।

राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन् ।

स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएका बीबीसीले जनाएको छ । घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

काठमाडौँ, १२ असार। २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि ।