मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् ।

शनिबार काठमाडौँ आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशी विदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन् ।

उनले केहिले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गरे । पछिल्लो चुनावमा विघटित संसदमा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीको रूपमा कायमै रहेको उनले बताए ।

अध्यक्ष लिङ्देनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर काङ्ग्रेस-कम्युनिस्टहरू जस्तै भए देशलाई विकल्प दिन एक मात्र पार्टी राप्रपा मात्रै भएको धारणा राखे । उनले युवा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा नै भएकाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका