सरकारले तोक्यो ५२ सङ्क्रामक रोग (सूचीसहित)

काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२ वटा रोगलाई सङ्क्रामक रोग भनेर तोकेको छ । 

मन्त्रालयले ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ को दफा ४९ को उपदफा (१) बमोजिमका सङ्क्रामक रोग निर्धारण गरेको हो । पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिडलाई सङ्क्रामक रोग भनेर राखिएको छ । चौथोमा दादुरा र पाँचौँमा डेंगु रोगलाई राखिएको छ ।  यस्तै छैटौँमा जापनिज इन्सेफलाइटिस र सातौँमा हैजा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखिँदा त्यसपछि क्रमशः धनुष्टङ्कार, एच.आइ.भी÷एड्स, एन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्याग्दे ज्वारो, कालाजार, रोटाभाइरस, रुबेलालाई पनि समावेश गरिएको छ । 

यस्तै, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निकोकल निमोनिया, कमलपित्त, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकीसमेत सङ्क्रामक रोग अन्तर्गत परेका छन् । कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीजलाई सङ्क्रामक रोग भनेर सरकारले तोकेको छ । सार्स, कमलपित्त ए, प्लेग, लिजियोनेलोसि, इनोकोकोसिस/हाइडैटिडोसिस, एमपक्स, बिफर, एल्लो फिवर, कमलपित्त ई, चिकुनगुनिया रोगलाई पनि सङ्क्रामक रोगको सूचीमा समावेश गरिएको छ । यस्तै, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई पनि  मन्त्रालयले सङ्क्रामक रोगको सूचीमा राखेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध