स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । झापामा रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरमा बुधबार मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई मे७प ७२८३ नम्बरको स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ बैशाख । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा

एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा

एजेन्सी, १८ बैशाख । इरानले अमेरिकाविरुद्ध कडा चेतावनी दिँदै पुनः सैन्य आक्रमण गरिए लामो र पीडादायी प्रहार गरिने बताएको छ ।

एजेन्सी, १८ बैशाख । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी