सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिनुपर्थ्यो : प्रदीप पौडेल

काठमाडौँ, १९ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार गरिएको बताएका छन् ।

पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता र व्यवहारिकता नभएको बताए । 

महामन्त्री पौडेलले सुकुमबासी बस्तीमा सुकुमबासी नै थिएनन्, हुकुमबासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुमबासीहरूको पहिचान गरेर पुनर्स्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए।

उनले कांग्रेसका सांसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराए । उनले भने, “झन्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ। त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ। त्यसका लागि म सन्दीपजीलाई सक्रिय, अनुकरणीय र देखिने भूमिकाका लागि शुभकामना व्यक्त गर्दछु।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट