रास्वपाद्वारा रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । 

विज्ञप्तिमा थप भनिएको छ, ‘मिति २०८३-१-१७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’, । 

विज्ञप्तिमा थप भनिएको छ, ‘विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धार टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको हामी उच्च सम्मान गर्दछौँ। यस दुःखद घटनाले फेरि एकपटक हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। यस्ता दुर्घटनाहरू  तथ्यांक  मात्रै होइनन् यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्ने मा हामी सचेत छौ । यस्तो घटनाले परिवार र समुदायलाई दीर्घकालीन पीडामा छोड्छ भन्नेमा हाम्रो चासो छ हामी यसमा तपाइहरुसँग हुनेछौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण

काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय

काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका