इरानी नागरिकलाई आर्थिक सामना गर्न सर्वोच्च नेता खामेनेईको अपिल

एजेन्सी, १९ बैशाख । इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल गरेका छन् ।

उनले लिखित वक्तव्य जारी गर्दै इरानी जनतालाई आर्थिक सामना गर्न अपिल गरेका हुन् ।

वक्तव्यमा मोजतबाले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ । अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि शत्रुहरूलाई हराउनुपर्छ ।’

कामदारहरूको समर्थन गर्नुपर्ने स्थानीय उत्पादनहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

मोजतबाले व्यवसायीहरूलाई अपिल गर्दै भनेका छन्, ‘व्यवसायहरूले कठिनाइमा भए पनि आफ्ना कर्मचारीहरूलाई जागिरबाट ननिकाल्नु होला ।’

सर्वोच्च नेता बनेपछि मोजतबा कहिल्यै क्यामेरासामु आएका छैनन् । उनले इरानलाई प्रत्यक्ष सम्बोधन सिन गरेका छैनन् ।

यद्यपि, विभिन्न अवसरहरूमा मोजतबाका लिखित वक्तव्यहरू भने जारी हुने गरेका छन् । ती वक्तव्यहरूलाई इरानी सरकारी सञ्चार माध्यमहरूमा प्रकाशन र प्रशारण हुने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय