ट्रम्पले जर्मनीबाट ५ हजार सैनिक फिर्ता लिने

एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ ।

यो निर्णय यस्तो समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच इरान युद्धलाई लिएर विवाद बाहिरिएको थियो ।

जर्मन चान्सलरले इरानी वार्ताकारले अमेरिकाको बेइज्जती गरेको बताएका थिए । त्यसपछि बिहीबार सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए, ‘मर्ज निकै खराब काम गरिरहेका छन् र उनीसँग अनेक किसिमका समस्या छन्, जसमा आप्रवासन र ऊर्जा पनि रहेका छन् ।’

ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक हटाउने सुझाव दिएका छन् । जर्मनीमा अमेरिकी सेना ठूलो संख्यामा उपस्थित छ। गत डिसेम्बरसम्म त्यहाँ ३६ हजारभन्दा बढी सक्रिय सैनिक परिचालित थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्