बङ्गलादेशले चिकित्सा शिक्षा पढ्न छुटेका ८ जनालाई भर्ना दिने

काठमाडौँ, ९ जेठ । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो । 

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । तर, अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको थियो । 

यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध