मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

धनगढी, २१ मंसिर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलको पछाडि सवार चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए । धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका

काठमाडौँ, ६ असोज । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार केशव देवकोटा र

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल

काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार