खोरतविरुद्ध खोप लगाइँदै

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ ।

भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको हो ।

भोजपुरका नौ वटै स्थानीय तहमा यही असोज ८ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुने भएको छ ।

खोप सहजकर्तालाई आवश्यक तालिम दिएर सबै पालिकामा खटाइएको छ । अभियान सुरु हुनु पूर्व ७६ जना खोपकर्तालाई एक दिने ‘खोप अभिलेखीकरण’सम्बन्धी सफ्टवेयर सञ्चालन तालिम प्रदान गरिएको थियो । यो अभियानका लागि ६१ हजार डोज खोप प्राप्त भएको छ । किसानकै गोठमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।

रोग नियन्त्रणसँगै उत्पादन वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्‍याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्