काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् ।
जिल्लाका नौ स्थानीय तहमा अभियान सुरु भएको हो । पहिलो दिन खोप लगाउनेमा ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जना छन् ।
जिल्लाका १५ वटै स्थानीय तहमा असोज १५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।





