खुँडा प्रहारबाट एक युवक घाइते

काठमाडौँ, ६ असोज ।कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो ।

साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो । खुँडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अवस्था भने खतरामुक्त रहेको छ । खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्