खुँडा प्रहारबाट एक युवक घाइते

काठमाडौँ, ६ असोज ।कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो ।

साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो । खुँडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अवस्था भने खतरामुक्त रहेको छ । खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,