पाल्पा, २ असार । जिल्लाको तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
उनी शनिबार मध्यान्हमा तिनाउ खोलामा पौडी खेल्नेक्रममा अचानक डुबेर बेपत्ता भएका थिए । उक्त खबर पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई साढे १ बजे अचेत अवस्थामा फेला पारेको थियो। उद्धार गरी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको थियो।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।







