प्रधानमन्त्रीद्ववारा सिन्धुली दुर्घटनामा उद्धारकार्य प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आज बिहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीको फिक्कल–४ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए । 

प्रधानमन्त्री प्रचण्डले दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू

काठमाडौँ, १२ जेठ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल

काठमाडौँ, १२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्