हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ, १२ जेठ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।

शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकारको उक्त निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको सांसद बुढाथोकीको तर्क थियो । उनले भने,  “शिक्षा र स्वास्थ्य क्षेत्रमा लागु गरिएको हप्तामा दुई दिनको बिदा व्यावहारिक नभएको व्यापक गुनासो प्राप्त भयो । यसले विद्यार्थी बरालिने र पाठयक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ,” “साथै दुई दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।”

उनले सार्वजनिक विद्यालयको समायोजनमा तीव्रता दिन पनि सरकारलाई सचेत गराए । उनले भने, “गाउँमा विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस्,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून