मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेक, खर्क र पाटनहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइ क्षेत्रमा यो वन्य औषधीय जडीबुटी पाइन्छ ।

बर्सेनि वैशाखदेखि असार महिनासम्म गरिने यार्सा सङ्कलनका लागि स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) ले तोकेको शुल्क तिरेर अनुमतिपत्र (पुर्जी) लिई उच्च लेक र पाटनतर्फ प्रस्थान गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । उनका अनुसार यार्सा सङ्कलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान छ । मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्च लेकहरूमा सङ्कलन कार्य सुरु भइसकेको छ। थासाङ गाउँपालिकाका विभिन्न समितिले वैशाख २ गतेदेखि नै उच्च लेकमा यार्सा सङ्कलन फुकुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित