मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेक, खर्क र पाटनहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइ क्षेत्रमा यो वन्य औषधीय जडीबुटी पाइन्छ ।

बर्सेनि वैशाखदेखि असार महिनासम्म गरिने यार्सा सङ्कलनका लागि स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) ले तोकेको शुल्क तिरेर अनुमतिपत्र (पुर्जी) लिई उच्च लेक र पाटनतर्फ प्रस्थान गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । उनका अनुसार यार्सा सङ्कलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान छ । मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्च लेकहरूमा सङ्कलन कार्य सुरु भइसकेको छ। थासाङ गाउँपालिकाका विभिन्न समितिले वैशाख २ गतेदेखि नै उच्च लेकमा यार्सा सङ्कलन फुकुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता