स्वाइन फ्लुबाट पाँच जनाको मृत्यु

(भदौ ३०, काठमाडौँ) ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लुबाट पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु  हुनेमा कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदार र  महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलम,  कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको छ ।

उक्त नगरपालिका मृत्यु भएपछी जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको छ  ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार । राहदानी छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा सहित १८ जनालाई प्रतिवादी बनाएर