चारवटा पालिकामा अझै हुन सकेन गाउँ सभा

काठमाडौँ, १८ माघ । सिन्धुली जिल्लामा माघ महिनाको दोस्रो साता बित्दा पनि चारवटा पालिकाले अझै गाउँ सभा गर्न सकेका छैनन् ।

जिल्लाका हरिहरपुरगढी, गोलन्जोर, सुनकोसी र मरिण गाउँपालिकाले तयारी नपुगेको बताउँदै आएका छन् । जिल्लाका नौवटा पालिकामध्ये कमलामाई, दुधौली नगरपालिका, घ्याङलेख, तीनपाटन र फिक्कल गाउँपालिकाले हिउँदे अधिवेशन (गाउँ/नगर सभा) पुस मसान्तभित्र गरिसकेका छन् ।

सामान्यतया पुस मसान्तभित्रै गरी सक्नुपर्ने हिउँदे अधिवेशन चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगतिमाथि छलफल, योजना संशोधन, कार्यक्रमको समीक्षा र ऐन, कानुन, कार्यविधि पारितलगायतका काम गर्न महत्त्वपूर्ण मानिन्छ ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोराले हिउँदे अधिवेशन गर्न तयारी नपुगेकाले फागुन महिनाको पहिलो शुक्रबार गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १३ असार । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पनि कम्युनिस्ट तथा बामम्पन्थी पार्टीसँग एकता