ट्राफिक कारबाही: एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०८, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८४ जनालाई कारबाही गरिएको हो । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ असार । २०८३ साल असार १३ गते शनिबार सन् २०२६ जुन २७ तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि ।