काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पनि कम्युनिस्ट तथा बामम्पन्थी पार्टीसँग एकता हहुने सम्भावना नभएको बताउनुभएको छ ।
आज नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दहाल प्रचण्डले आज एक कार्यक्रममा एमालेसँग तत्काल सहकार्य सुरु हुने बताउनुभएको थियो । सोही विषयलाई लक्षित गर्दै मुख्यमन्त्री कार्कीले विषगत तथा कार्यगत एकता हुने सम्भावना भएता पनि पार्टी एकता हुने सम्भावना नभएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा कतिपय राजनैतिक पार्टीसँग मिल्ने बिषयमा सडक, संसद र कतिपय क्षेत्रमा वि षयगत वा कार्यगत एकता हुन सक्छ। तर, अहिले तत्काल नेकपा ९एमाले०को कुनै बामपंथी वा कम्युनिस्ट पार्टीसँग पार्टी एकता हुँदैन र हुने संभावना पनि छैन ।’





