नागार्जुन नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, ४ माघ । नागार्जुन नगरपालिकाले नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम आवश्यक भएकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बीमा बोर्ड टेकुलाई कार्यक्रम सञ्चालन गर्न अनुमती दिने भएको छ ।

जिल्लाको अन्य नगरपालिकाहरुमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम लागु भइसकेको र नागार्जुन नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम आवश्यक भएको हुनाले स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंलाई स्थानीय तह स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि अनुसार कार्यक्रम सुरु गर्न अनुमति दिने निर्णय गरिएको नागार्जुन नगरपालिकाले जनाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षता बुधबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रम सञ्चचालनका लागि अनुमती दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को लागि प्रदेश समपुरक अनुदान र प्रदेश बिशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना/ कार्यक्रमहरुको लागि आर्थिक मामिला तथा योजना मन्त्रालय,बागमती प्रदेशमा विभिन्न योजनाहरु पेश गर्ने निर्णय गरिएको नगरपालिकाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर कार्यपालिकाको बैठकमा नगर उपप्रमुख शुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद ढकाल, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा