विकास र सुशासनमा अब्बल बन्दै खाँदबारी नगरपालिका

साविकको खाँदबारी नगरपालिकाको १३ वटा वडा र सित्तलपाटी गाविसको ९ वटा वडाहरुलाई स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा पुनसंरचना गरी अहिलेको खाँदबारी नगरपालिका निर्माण गरिएको हो । प्रदेश १ को सङ्खुवासभाको सदरमुकाम रहेको खाँदबारी नगरपालिका भौगोलिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण र आकर्षक नगरपालिका मानिन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट खाँदबारी नगरपालिकाको नगर प्रमुखको पदमा निर्वाचित हुनु भएका नगरपालिका प्रमख महेश थपलियासँग हाम्रा संवाददाताले गर्नुभएको कुराकानीको सार संक्षेपः

अन्य पालिका भन्दा खाँदबारी नगरपालिकाले केके काम फरक रुपमा गरेको छ ?

खाँदबारी नगरपालिकाले अन्य पालिका भन्दा केही नमूना र फरक शैलिमा काम गरेको छ । खासगरी खाँदबारीमा कार्यपालिकाको बैठकमा पत्रकार र नागरिक समाज व्यक्ति पनि बस्न पाउने र आफूलाई लागेका कुरा सुझावको रुपमा दिन सक्ने व्यवस्था गरेका छौ यो नै अहिले देखिएको नयाँ काम हो । यसले सुशासन कायम गर्न र कार्यपालिकालाई बाहिरबाट सुझाव लिन सहज भएको महशुस खाँदबारीले गरेको छ । त्यस्तै छोटो समयमा नगरपालिकाले अमेरिकाको सुपेरियर सीटीसँग भगिनी सम्बन्ध कायम गरेको छ । यसले दुई सहरबीचको विकासका मोडल र सेवा प्रवाहको आदानप्रदान गर्ने कार्य शुरुवात गरिनेछ । यी काम अन्य पालिका भन्दा केही नयाँ छन् । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्धको प्रस्ताव भएको छ । यहि भगिनी सम्बन्धको प्रस्तवाको क्रममा गत भदौमा खाँदबारीमा उत्पादन भएका रुद्राक्षको बिरुवा पशुपति क्षेत्रमा पर्यटनमन्त्री, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, र खाँदबारीका नगर प्रमुख महेश थपलियाले संयुक्तरुपमा बृक्षारोपण गरिएको थियो ।

खाँदबारीमा शैक्षिक गुणस्तर कायम गर्न केके काम भएका छन् ?

खाँदबारीमा गुणस्तरीय शिक्षा दिएका कलेजले छात्रवृत्ति दिनका लागि स्कूलमा दुई पक्ष सम्झौता गरेका छौं । यसले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका व्यक्तिले शिक्षा लिन सहयोग पुगेको छ । अब शिक्षा प्राविधिक र स्वरोजगार हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउँदैछौं ।

क्रमिक रुपमा सहरीकरणतर्फ उन्मुख हुँदै गएको खाँदबारीले कसरी फोहोर व्यवस्थापन गर्ने कार्य गरेको छ ?

अहिले फोहोर व्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखिएको छ । खाँदरबारीले फोहोरलाई व्यवस्थित गर्न फोहोर उत्सर्जन हुने स्थानबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने नकुहिने फोहोरलाई निर्मलिकरण गरेर पुनः प्रयोग गर्न मिल्नेसम्म पुनः प्रयोग गर्ने योजना कार्यान्वयन गर्दैछौं । साथै कुहिने फोहोरलाई टिटमेन्ट प्लान्ट बनाएर मल बनाउने काम गर्दैछौं ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खाँदबारीले केके काम गरेको छ ?

खाँदबारी नगरपालिकाले आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि निर्देशन प्रदान गर्ने गरिएको छ । सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको छ ।

नगरपालिकाले सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी व्यवस्था गरिएको, नगरपालिकाका निर्णय ओइभसाइडमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिने गरिएको छ । सामािजक सुरक्षा भत्ता प्रत्येक वडामा पुर्याउने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम खाँदाबारी नगरपालिकाले गरिरहेको छ ।

कृषिका लागि उर्बर भूमिको रुपमा मानिने खाँदबारीको उत्पादनलाई कसरी व्यवस्थित गर्ने योजना बनाएको छ ?

खाँदबारी नगरपालिकाका किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी लगायतका सामाग्रीलाई बजारीकरण नगरपालिकाले गर्नुपर्छ भन्ने मान्यताका साथ नगरपालिकाले योजना बनाएको छ । यसो हुँदा किसानलाई आफूले उत्पादन गरेको वस्तु विक्री नहोला भन्ने चिन्ता नहुने र किसानले उत्पादन गरेको वस्तुको सहज बजार जाने भएकाले किसानलाई उत्पादनसँग जोडका लागि खाँदबारीले यस्तो योजना ल्याएको हो ।

अन्तरपालिका सहकार्य गरेर खाँदबारी नगरपालिकाले कुनै काम गरेको छ ?

हाम्रो भौगोलिक कारणले गर्दा धेरै पालिकासँग मिलेर अन्तरपालिका सहकार्य गर्न संभव प्राय छैन् । खाँदबारीमा योगमाया विश्वविद्यालय छ । यसलाई व्यवस्थित गर्न र जग्गा प्राप्त गर्न अहिले हामीहरु लागि परेका छौं । यस कार्यमा अन्य अन्यपालिका पनि मिलेर योगमाया विश्वविद्यालयलाई थप व्यवस्थित गर्न सकिन्छ यस कार्यमा अन्तरपालिका सहकार्य गर्न सकिने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६