काठमाडौँ, ५ कार्तिक । नेपालमा डेङ्गु संक्रमितको संख्या ४३ हजार ६८५ जना पुगेको छ । पछिल्लो समय नेपालमा डेङ्गु संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ ।
डेङ्गुका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
डेङ्गु रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । हाल सबैभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा छन् ।डेङ्गु मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।





