देश त्यतिकै बन्दैन । देश बन्न पहिला GDP बद्नु पर्यो । GDP बदल्न सबै आम नेपाली नगरिकको PER CAPITA INCOME बढ्नु आवश्यक छ । बालेनले भौतिक संरचनामा डोजर लगाएको होइन, समग्र देशको मुटु राजधानीको PER CAPITA INCOME माथी डोजर चलाएको हो । राज्य भनेको सबै सझा नेपालीको अभिभावक हो । यो देशमा केही गरेर खान्छु, स्वोरोजगार बन्छु भन्ने मानिसहरु अब विदेश पलायन हुन बध्ये हुने छन् । उसै त भए भरका सबै नेपाली विदेशीए नेपाल सरकारको दायित्व होइन, आफ्नो नगरिकलाई स्वोरोजगार बनाउने ? नेपालमै रोजगार बडाउनुपर्छ । उत्पादन बडाउनु युवाहरु विदेश पलायन हुनबाट रोक्नुपर्छ भन्ने आवाज हो, महेश बस्नेत ।
बाइक पर्किङ, गाडी पर्किङ हुने खानेलाई हो । हुँदा खाने वर्ग चाहिँ मान्छे होइन । यो कस्तो भेदभाव हो । ठूलालाई चैन सानालाई ऐन । मानै बाइक गाडीले एक छिन पार्क गर्न पाएन के हुन्छ त आकाशनै त खस्दैननि तर ५० परिवर भोकै सुत्नु पर्यो भने के हुन्छ त मानवता छ कि मरि सक्यो यो समाजमा । देशका विभिन्न भुभागबाट काठमाडौँ आएर रगत पसिना बगाउदै जीवन भरको कमाई खर्च गरेर, बैंकबाट कर्जा लिएर, साहुलाई भाडा, राज्यलाई कर तिरेर सुरु गरेको सानो व्यावसाय दशै, तिहार र छठको बेलामा केही बढी ब्यापार गरेर ऋण घटाउला, परिवारमा खुशी बाढाैंला भनेर सोची रहेको बेलामा एकाएक पसल माथी डोजर चल्छ हो, उनीहरुको समर्थनमा महेश बस्नेत ।
लाखौ को सम्पत्ति तुरुन्तै नष्ट हुन्छ, घर परीवारको बिच्चली हुन्छ । विभिन्न भौतिक संरचना बनेका छ्न्, भत्काउने भन्दा व्यावस्थापन तिर लागेर सहुलियत पूर्ण गराएर जनतालाई दु:ख नदिनको निमित समर्थनमा महेश बस्नेत । के न्याय, कानुन, के व्यवस्था र मानवता मरेको देश हो ? मेरो सम्पत्ति माथी मेरो अधिकार छैन ? के भत्काउनु अगाडी क्षतिपूर्ति त परै जाओस जानकारी पनि पाउदैन ? जानकारी घरबेटीलाई होल तर व्यापारी व्यावसायीलाई मारी दिने ? हो यसको समर्थनमा महेश बस्नेत । यो काठमाडौँको एकलाख साना तथा मझौला व्यावसायीहरु गरिब र पिछडिएका बर्गको आवाज हो महेश बस्नेत ।
महेश बस्नेतको सम्झन योग्य विगत
१) हिजो संकटकालको बेला वाइसिएलको आतंकदेखि सबै दलका नेता त्रसित थिए । आतंक बिरुद्ध बोल्ने हिम्मत कुनै नेतामा थिएन । अपहरण र बन्दुकले त्राहित्राही भएको बेला आफ्नो ज्यानको बाजि मारेर युथफोर्सको नेतृत्व गरि जुद्द्ने र अराजकता लाई तह लगाउने बहादुर छोरो । यदि हामी आज लोकतान्त्रिक गणतान्त्रिक मुलुक भन्दै छाती फुकाएर बोल्न हिड्न बनाउने नेपाल आमाको छोरो हो, महेश बस्नेत ।
२) देश जिल्ला जिल्लामा आफ्नो हक हित, सु-शासनको बिगुल फुक्दै जनताको माझ अनबरत लाग्ने निडर युवा नेता हो महेश बस्नेत ।
३) सिहदरबार छिर्न हामी भक्तपुरेको लागि सगरमाथा चडे बराबर थियो । उहाँ मन्त्री र सांसद भए पछि जो कोहिलाइ पनि सहज बाटो बनेको छ ।
४) भक्तपुरको मुहार फेर्न सकृय दिनरात झरी बादल, सन्चो बिसन्चो केही नभनी २४ सै घण्टा लागि आज नयाँ विकसित भक्तपुर बनाइ हामी जनताको जीवन स्तरमा माथी उठाउन प्रमुख पात्र महेश बस्नेत । एक रोपनी बेच्दा एउटा कोठा बनाउन गार्हो हुने ठाउमा आज चार आना बेच्दा करोडपती।यो देन कस्को ??
५) सहरीकरण भै ब्यापर ब्यबसाय तिब्रगतिमा अगाडि बढी जनता धनी बनाउने नेता महेश बस्नेत ।
६) ढल, खानेपानी, सडक खेलकुद मैदान, वनजंगल, पार्क मठमन्दिरको संरक्षण गरि भक्तपुर पर्यटनको आक्रसक केन्द्र बनाउने नेता ।
७) हनुमन्तेको बाडिले सदैब बाडी छिरी त्राही त्राही भन्दै रुवाबासी हटाउने, करिडोर बनाइ आज शान्तसंग निदाउने माहोल बनाउने नेत महेश बस्नेत ।
८) सरल र सबैलाइ समान आखाले हेर्ने, कहिलै ठूलो नबन्ने, साधारण ब्यत्तित्वका धनी स्वभावका, महेश बस्नेत ।
९) धेरै छ मित्र तपाईं चाहानु हुन्छ भने आएर गफ गरु म धेरै बिशेषता जानकारी गराउदछु ।
१०) ९५% राम्रो ५% कमजोरी भयो होला केही केहीमा केही गर्न खोज्ने को त्रुटी पनि हुन सक्छ यसैलाइ कमजोरी बनाइ उठाउने क्रियाकलाप गलत ।
११) भुकम्पमा भत्कदै गरेको भग्नाबेसमा जान हुन्न, खतरा छ भन्दा पनि ज्यानको बाजि थापी जनताको पीडा हेर्न नसकी हरेक गल्ली गल्लिमा हिड्ने साहसिक ब्यातित्व । नेता निस्किए हेरौ त त्यो बेला ? कृपया गलत कुरालाइ धेरै उचाइमा पुर्याउने खोजे पनि भक्तपुरका जनताले राम्ररी चिनेका छ्न्, महेश बस्नेत ।
बिक्की श्रेष्ठ, भक्तपुर






