परिचयः
धर्तिमाता हाम्री महाजननी र महादेवी हुन । उनलाई भुमिदेवी र पृथ्वी माता पनि भनिन्छ । धर्तिमाता आदिदेवी र महादेवी पनि हुन । उनी नै यो धरतिकी जेठी र पहिली देवी हुन । उनको निगाहले नै यो पृथ्वीमा जीवन सम्भव भएको हो । धर्तिमाता जीवित देवी पनि हुन् । यो धर्तिका सबै जीव जन्तु, किट पतंग, बोट बिरुवा सबै धर्तिमाताकै बरदान हुन् । पहाड, ढुंगा, माटो, पानी, हावा लगायत सवै पन्चतत्वहरु सधैं आफ्ना गति र दिशामा सदैव चलिरहेको हुन्छ । माताको लिला अपारम्पर छ । दश दीक्पालहरुले रक्षा गरिएकी धर्तिमातालाई कोटी कोटी प्रणाम छ ।
बराह भगवानले समुन्द्रको गर्भबाट उद्धार गरि अर्धाङ्गिनीका रुपमा अपनाईएकी धर्ति माता सबै मानव लागायत जीव, जन्तु, पशुपंछी, बोट विरुवाहरुकी जननी हुन । उनकी माता समुन्द्र र पिता आकाश हुन । धर्तिमाताका भाई बैनी र छोराछोरीहरुको चर्चा पनि पुराणहरुमा गरिएको छ ।
धर्तिमाताको कथाः
एक बहुत धर्मात्मा ब्रहाणी थिईन । उनको सुखी र खुशी परिवार थियो । माता नगएको तिर्थ र उनले नलिएका बर्त विरलै थिए । दान धर्म र दुखी गरिवको सेवा पनि असाध्य नै गर्दथिन । सवै गाउँलेहरुले उनलाई आदार सम्मान गर्दथे । उनको अचानक मृत्यु भएछ । उनि स्वर्गलोकमा गई बैकुण्ठ जाने बाटो सोध्छिन । उनलाई चित्र गुप्तकोमा लगिन्छ । उनी जव यमराजको द्वारमा पुगिन उनलाई ससम्मान आशनमा राखिएछ । उता यमदुत चित्रगुप्त सवैको कर्मको बहिखाना हेरि यसराजलाई जाहेरी गर्ने र यमराजले कर्म अनुसार स्वर्ग र नर्क तिर छुट्याईराखेका हुन्थे । अनि आमाको पालो आयो । आमाका कर्म, तिर्थ, ब्रतले बहिखानाका धेरै पत्ताहरु भरिएका थिए । तर बहिखानामा उनले धर्तिमाको दर्शन गरेको र उनको कथा सुनेको प्रमाण पनि भेटिएन । त्यसैले यसराजले उनलाइ फेरि सात दिनको म्याद थप गरि पृथ्वीमा फिर्ता पठाई दिए ।
उनी पुन पृथ्वीमा फर्किएर सपरिवार पीपलको बोट मुनी बसी ७ दिनसम्म धर्तिमाका कथा सुनेर धर्ति माताको पूजा आराधाना गरिन । उनलाई ७ दिन पछि यमराजको बोलावट आयो र पुन यमराजकोमा गईन । यसराजले बैकुण्ड लोकको बाटो खोलिदिनु भयो र श्री हरीको चरणमा शरण पाउनुभयो । यसरी धर्तिमाताको कथा सुनी विधिपुर्वक पूजा आरधाना गरेमा जानी नजानी गरेका सवै पाप धर्तिमाताले हर्ने छिन र धर्तिको रिण चुक्ता भई बैकुण्डमा श्री हरिका चरणमा बास पाउने छन् भन्ने मान्यता रहेको छ ।
मेलापर्व
खास गरि असार ८ गते भूमिराजको दिन धर्तिमाताको पूजा गरिन्छ भने मुर्ति भएको ठाउँमा मेला लाग्छ । राम्रो अन्न तथा फलफूलको उत्पादन होस, पशुपंछिहरु राम्रो हुन । आदिबेहरी, बाढीपहिरो, भुइचालो र अशिना नपरोस । फसल उठाउन पाइयोस । सन्तान प्राप्त होस । जान अन्जानमा गरिएका सवै पापहरुको हरण होस । भुमिको ऋणबाट मुक्ति मिलोस् । यो लोकबाट मुक्ति पाई बैकुण जाने बाटो खुलोस् भनि पूजाआरधाना गरिन्छ । भूमिराजको दिन खनजोत गर्न मनाही गरिएको छ । साथै नुवागी खाने दिन र मातातिर्थको दिन पनि धर्तिमाताको मूर्ति भएको स्थानमा श्रद्धालु भक्तजनको घुईँचो लाग्ने गर्दछ ।

पूजा विधिः
सामान्यतया धर्तिमाताको तीन ठाउँमा पूजा गरिन्छ, पाउँमा, हातमा र शिरमा । पाउमा पाउजु, हातमा चुरा तथा शिरमा ऐना र काईयो चडाइन्छ । यसका साथै विउ विजन, विरुवा, पशूपंछिरु प्नि चढाउने गरिन्छ । तर बली दिन मनाहि गरिएको छ । त्यहाँ हाँस परेवा र बोका पाठी चडाइन्छ र सकेसम्म त्यही पालिन्छ भने अन्य भक्तजनहरुलाई पाल्नका लागि दिईन्छ ।
जय धर्तिमाता
लेखक तथा विश्लेषक : तेजबहादुर ढकाल
काठमाडौँ, नेपाल







