‘कहाली लाग्दो महिला हिंसा : अझै संघर्ष’

हालै सुन्दरहरैचामा एक सानी १८ महिनाकी नानी सानो घरको बाहिर खेल्दै गरेकी थिइन् । सामान्य परिवारमा जन्म लिएको उनकी आमा सानो शरीरिक बनावट भएकी बाबु पनि दिन भरि अरुकै घरमा खेताला गरी जीवन निर्वाह गर्दै आएको र आफ्नै घर भएका सम्पन्न परिवारमा पनि लाउन खान पाएको, कुनै अभाव महशुस नहँुदा मृत्यु संस्कार गर्नुपर्छ । अझै सुत्केरी हुन ठाँउमा पुग्न नसकेर खर्च अभावका कारण नेपालमा कयौं महिलाहरुको मुत्यु भएका धेरै घटनाहरु छन् ।

घटना सुन्न साथ राष्ट्रिय महिला आयोगको सदस्य तत्काल पुगेर त्यो अपराधीलाई कडा कारवाही गर्न, आन्दोलनका साथीहसँग भेटेर साथ दिने मन थियो । तर संवैधानिक आयोग स्वतन्त्र आयोग २४ घण्टाभित्र तयारी अवस्थामा बस्नुपर्छ भन्ने बुझेको थिए, यता र उता भन्दै भ्रमण आदेशका कारण मेरो सोचमा ठेस लाग्यो । तर केहि समयपछि भए पनि म त्यो नानी उठाएको ठाँउ, उनका बुबा आमा भेट घरदेखि नजिकै २०० मिटर सानो पानीको नहरको झाडिमा लिएर गएर ति सानी छोरीको बलात्कार गरी हत्या गरेको घटना सुन्दा मेरो मन थाम्न मलाई कठिन भयो । मेरो अङ्गरक्षकले मेम हजुरको आखाँमा आशु आएको छ । उनकी आमासँग बात गरे फेरी नानीको तस्वीर देखे मलाई अझ पिडा भयो र आमा बुबाको मुखबाट हाम्रो सानो छोरीको दुई दाजुभाईले बलात्कार गरेको र असजिलो भएर बिलेटले चिरेर बलात्कार गरेको भन्दा मेरो बोल्ने आट आएन । ढुकढुक भयो, अति भयो बाआमा छरछिमेक मिलेर हस्पिटल लाँदा बालिकाको योनीबाट धेरै रगत बगिरहेको थियो । बालिकालाई लिएर डाक्टरलाई भेटन जादाँ भेटन नपाउँदै मृत्यु भएको अवस्था सुन्दा हे भगवान ! आमाबुबा कसरी सके होलान ?

दुई जना दाजुभाईले गरेको बलात्कार ति मध्ये एक २ बर्ष अघि नै एक जना चाँहि बलात्कार आरोप लागेको र छुटेको भन्दा मलाई अझ पिडा बोध भयो । कानुन छ तर म के गरौ ? म आफै राष्ट्रिय महिला आयोगको सदस्य समयमै घटनामा पुग्न नसकेकोमा छटपटी भयो । समाजका अभियान्ता, राजनैतिक दल, स्थानीय सरकार, पीडित बालिकाको आमाबुबालाई राहत स्वरुप ५० हजार रकम, १० कट्टा जग्गा उपलब्ध भयो । दुई जनालाई जेलमा हाल्ने भयो र यो क्षतिपुर्ति पाएपनि । उनीहरुका लागि यो केहि थिएन तर के गर्नु यी बलात्कारीलाई जेलमा राखेर मात्र के गर्नु फाँसी दिने व्यवस्था मिलाउन माग भएको थियो । मलाई, हामीलाई केहि चाहिदैन पीडितहरु भन्दै थिए । महिला उत्ताउला भए छोटा कपडा लगाएर बलात्कार भयो भनिन्छ तर यो १८ महिनाको नानीको के दोष ?

महिला भएकै कारण हुने विभेदको परिणाम स्वरुप महिला माथि हुने हिंसाले निरन्तरता पाईरहेको छ । मानव जन्मदा जुन लिङ्ग भएर जन्मन्छ, त्यसका आधारमा महिला वा पुरुष यी भेदभावले सवै भन्दा बढि विकृति ल्याँउछ यही भेदभावका आधारमा हिंसा हुन्छ । यहि हिंसाको विकारल रुप बालिकाको हत्या हो ।

नेपाली किशोरी महिलाहरुलाई कसरी बचाउने सङ्घर्ष गर्नु आवश्यक थियो । अब यस्ता घटना हुन नदिन के गर्ने भनि सोची रहको अवस्थामा म अफिसबाट घरमा आए । त्यो दिन मलाई ७/८ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जाल, जनसमुदाय, अधिकारकर्मी जताततै सम्वाद, उठेको अवस्था कानुन संशोधन एवं अपराधी कडा भन्दा कडा कारवाही महिला आयोगको पहलमा धेरै ठूलो उपस्थितिमा संञ्चारकर्मी, ज्ञापनपत्र बुझाएका र आफ्ना प्रतिबद्धता राखेर घर आउदा म्यासेजमा ओखलढुङ्गाकी बहिनी मन्दिरा दाहालले नाजुक तस्विर पठाएको रहेछ । फोन गरेर सोधे यो के भएको ? उनले भनिन् १७ वर्षको नानीलाई बलात्कार पछि हत्या गर्ने प्रयासले कुटपिट गरेको रहेछ भन्दा मेरो मन मानेन चालकलाई फोन गरे आउनलाई अनि आयोगको कर्मचारी रोशनी श्रेष्ठलाई फोन गरेर हामी हस्पिटल जानुपर्छ भने भोलि गए हुन्न भनि कर्मचारीले भन्दा म आज जान पाएँभने केहि सहयोग हुन्छ कि भनि म करिब ७ बजे घरबाट पीडित भएको स्थान टिचिङ्ग हस्पीटल पुगेर । ती नानीको अवस्था बुझे र बलात्कार पछि हत्या गर्ने प्रयासले कुटपिट गरी फ्याकेको अवस्थामा जङ्गलमा अचेत भेटियो भन्ने सुने स्तब्ध बनायो । बिरामी काठमाडौँसम्म पठाउनका लागि मानेभञ्याङ्ग गाँउपालिका अध्यक्ष ज्ञानेन्द्र रुमजालिले हेलिकप्टर जमानीमा पठाएका थिए ।

यो काहाली लाग्दो जिउ नै सिरिङ्ग मेरा शरीरमा काडा पलायो डाक्टर विरामीका आफन्तसँग भेटी विरामीको अवस्था बुझियो । उपचारमा लाग्ने डाक्टर सुविनका अनुसार जताततै फ्याक्चर भएको टाँउको फुटाएको किशोरी बलात्कार र हत्या प्रयास गरी घर भन्दा करीब २ किलोमिटर टाढाको जंङ्गलमा भेटिएको र उपचारको लागि हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पतालमा उद्धार गरी ल्याएको र अपराधी टंक राइले आफुले किशोरीसँग प्रेम प्रस्ताव राखेको नमानेपछि उक्ट घटना घटाएको बताएका थिए ।

अपराधिलाई भाग्दै गरेको आवस्थामा सिन्धुली नेपालथोक खुर्कोटमा पक्राउ परेको जानकारी गराएको छ । शिक्षण अस्पतालमा तदारुकताकासाथ उपचार गरिरहेको भएपनि पिडितको अवस्था ज्यादै नाजुक रहेको पाइयो । आर्थिक अवस्था पनि कमजोर रहेको पिडित परिवारबाट जानकारी प्राप्त भयो । अपराधिले किशोरीको टाउकोमा ढुङ्गाले हानेर टाउको फुटाएको, अनुहारको हड्डी समेत भाँचिएको, ढुङ्गाले किचि किचि मरेको भनि छोडेर हिडेको अवस्थाले गर्दा पीडितको उपचारमा समेत समस्या भएको र राष्ट्रिय महिला आयोगबाट सहयोग र अपराधिलाई हदै सम्मको कारवाहीको लागि माग थियो । आजकै मितिमा पिडितको सहयोगको लागि महिला तथा बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयमा सिफारिस गरेका छौं । पिडितको स्वास्थ्य लाभको कामना गर्दछु ।

कृष्ण कुमारी पौडेल खतिवडा
आयुक्त
राष्ट्रिय महिला आयोग

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

भक्तपुर, ९ असार । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक