शिक्षा मन्त्रालयको आधारभूत खर्चका लागि मात्र २ खर्ब ५३ अर्ब रुपैयाँ माग

काठमाडौँ, ३ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको शिक्षा बजेट सिलिङ तोकेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आधारभूत खर्चका लागि मात्र २ खर्ब ५३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले १ खर्ब ९४ अर्ब रुपैयाँको सिलिङ तोकिदिएका हुन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा बजेट शाखाका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय शिक्षाका लागि चालू आवको बजेट नै कम भएका बेला बजेट सिलिङ कम भएको जनाउँदै थप ५८ देखि ३१ अर्ब रुपैयाँ चाहिने बताए। ‘आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले शिक्षाको संघीय बजेट ५८ अर्ब ८४ करोड, प्रदेशका लागि ५ अरब र स्थानीय तहका लागि १ खर्ब ३० अर्ब रुपैयाँको अनुमानित बजेट विनियोजन गर्ने तयारी गरेर सिलिङ तोकिएको छ,’ उपसचिव अर्यालले भने । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २० भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६

काठमाडौँ, १९ भदाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न

काठमाडौँ, १९ भदाै । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको