११४ किलो गाँजासहित एक पक्राउ

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार राति ८:४५ बजेको समयमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका –०१ धोरेमा बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई चेकजाँचको क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला पारेको र ती पोकाभित्र प्लाष्टिकसहित ११४ किलो २५ ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।

कार र उक्त बरामद लागुऔषध सहित धादिङको बेनिघाट रोराङ गाउँपालिका –०८ बस्ने २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र