प्रमुख आचार्यको प्रश्न: राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो?

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्। उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो कि स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको हो भन्ने जिज्ञासा व्यक्त गरेका छन्। उनले विपद्का बेला नेपाली सेनालाई उद्धार तथा ज्यान बचाउने काममा केन्द्रित गर्नुपर्नेमा राहात वितरणको जिम्मेवारी दिनु उपयुक्त नभएको जनाए ।  सेनाको मुख्य जिम्मेवारी उद्धार हो कि राहत वितरण ? आचार्यले प्रश्न गरेका छन् । “नेपाली सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने हो कि चामल बाँड्ने”, उनले लेखेका छन्।

आचार्यका अनुसार सेनालाई उद्धार कार्यमा केन्द्रित गराएर राहत वितरणका लागि आम नागरिक, स्थानीय तह र प्रदेश सरकारको समन्वयमा छुट्टै टोली परिचालन गर्न सकिन्थ्यो। यस्तो व्यवस्थापन हुन सके राहत सामग्री थन्किएर कुहिने र विपद्पीडित नागरिक राहतको अभावमा बस्नुपर्ने अवस्था कम गर्न सकिने उनको भनाइ छ। उनले विपद् व्यवस्थापनमा राज्यका विभिन्न निकायलाई स्पष्ट जिम्मेवारी नदिँदा र व्यवस्थित प्रणाली निर्माण गर्न नसक्दा हरेकपटक समस्या दोहोरिने बताएका छन्।

“सबैलाई आ–आफ्नो जिम्मेवारी नदिने र सिस्टम नबनाउने हो भने सधैं यस्तै नियति भोग्नुपर्ने हो” आचार्यले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा