मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री शाह

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव बेच बिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गरे ।

प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताए । उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिए । यसका लागि तीनै तहको सरकार र सम्बन्धित सबै सरोकार भएका निकायको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उनको भनाइ छ ।

विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई सङ्घीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री शाहले जानकारी दिए । उनले मानव बेचबिखन विरुद्धको अभियानमा सङ्घीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकार भएका निकायको सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा