जलवायु परिवर्तनको क्षतिपूर्तीको लडाँइमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

एमले विशेष संगठन कमिटीले आज केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उद्यौगिक राष्ट्रहरुले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौं  नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका छन् । ‘विकसित देशहरुले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्वन उत्सजर्न गरे त्यसको मार हामीजस्ता विकाशिल देशहरुले भोग्नु परेको छ’, पोखरेलले भने ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ती उनीहरुले तिनुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ ।’

महासचिव पोखरेलले एमाले पीडितको राहात, उद्धार र पुनस्थापनका लागि अहोरात्र खटिरहेको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तिव्र पारिएको उनले बताए । ‘हाम्रा पार्टीका नेता तथा जनसंगठनहरु बाढी लगत्तै उद्धार तथा राहातमा अहोरात्र खटेका छन्’ पोखरेलले भने ‘राहात सामग्री पिडितलाई पुर्याउने काम पनि हामीले गरिरहेका छौं ।’

पोखरेलले एमाले सरकारले अघि सार्ने पुनस्थापना तथा पुननिर्माणको काममा सहयोगी हुने बताएका छन् । ‘एमालेमा विगतका विपत्तीमा पनि उद्धार,राहात,पुनस्थापना र पुननिर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरु हुनुहुन्छ’ पोखरेलले भने ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पिडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा