जलवायु परिवर्तनको क्षतिपूर्तीको लडाँइमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

एमले विशेष संगठन कमिटीले आज केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उद्यौगिक राष्ट्रहरुले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौं  नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका छन् । ‘विकसित देशहरुले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्वन उत्सजर्न गरे त्यसको मार हामीजस्ता विकाशिल देशहरुले भोग्नु परेको छ’, पोखरेलले भने ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ती उनीहरुले तिनुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ ।’

महासचिव पोखरेलले एमाले पीडितको राहात, उद्धार र पुनस्थापनका लागि अहोरात्र खटिरहेको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तिव्र पारिएको उनले बताए । ‘हाम्रा पार्टीका नेता तथा जनसंगठनहरु बाढी लगत्तै उद्धार तथा राहातमा अहोरात्र खटेका छन्’ पोखरेलले भने ‘राहात सामग्री पिडितलाई पुर्याउने काम पनि हामीले गरिरहेका छौं ।’

पोखरेलले एमाले सरकारले अघि सार्ने पुनस्थापना तथा पुननिर्माणको काममा सहयोगी हुने बताएका छन् । ‘एमालेमा विगतका विपत्तीमा पनि उद्धार,राहात,पुनस्थापना र पुननिर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरु हुनुहुन्छ’ पोखरेलले भने ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पिडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,