राम नवमी: कथा की वास्तविक ऐतिहासिक घटना ?

आज राम नवमी । मर्यादा पुरूष भगवान श्री रामको जन्म दिन हो । आज भन्दा क़रीब ६५ सय देखी ७ हजार बर्ष पहिला सत्य युगमा उनको जन्म अयोध्याका राजा दशरथ र माता कौश्लयावतीका जेष्ठ पुत्रकाम रूपमा भएको थियो । सनातन धर्म संस्कृतिमा हामी उनलाई भगवान बिष्णुका अवतार मान्दछौ । रामायणका बारेमा सबै पाठकहरूलाई थाहा नै छ । रामको वनबास, सीता हरण, रामायणको युद्धका बारेमा धेरैलाई जानकारी छ ।

हामीले सन्सार कै नमूना राम राज्यका बारेमा पनि सुनेका छौ । तर हामी यसलाई अनुकरण गर्नु भन्दा यो काल्पनिक कथा हो । कुनै बैठो बाहुनले कोठामा बसेर लेखेको हो भनी मजाक गरेर समय बिताउदछौ । के रामायण कथा मात्र हो त । नेपाल भारतमा रामको चर्चा छ भने उता श्रीलंकामा रामणको चर्चा छ । दुबैतर्फ त्यसमा आधारित जनआश्था भएका प्राय: ऐतिहासिक धार्मिक तथा सांस्कृतिक स्थल हरू छन् । उता रामणको जन्म नेपालको वाग्लुड़ को पुलत्स्य रिषीको कुटीमा भएको र उसले तपस्या गरेर कुवेरको लंकाको राज्य प्राप्त भएको भन्ने कुरा शास्त्रहरूमा पढ्न पाईन्छ । रामको मामली घर कौशीकी क्षेत्र वा हालको बराह क्षेत्र भनिएको छ । उनि मामली आउदा बसेको रामधुनीमा आजसम्म आगों ननिभेको विश्वास गरिन्छ । यता बाटै राम जनकपूरको धनु प्रतियागितामा भाग लिन गएको भन्ने पनि शाश्त्रमा उल्लेख गरिएको छ ।

साथै योगसुत्र र आयुर्बेदका जन्मदाता पतन्जली रिषी पनि नेपालकै हुन् भन्दा पनि हामी ओठ लोप्रियाउदछौं । उता रामदेवले नेपाल कै वालकृष्णको सहकार्यमा योगा र आयुर्बेदका माध्यमबाट सन्सार हल्लाई सके । उनी भारत मात्र हैन विश्व कै अरबपतिका सुचीमा आइसके । एउटा अशोक आएर लुम्विनीमा स्तम्भ नबनाई दिएको भए आज लुम्बिनीको भग्नावशेष पनि पृथ्वी कै गर्भमा लुकिरहेको हुन सक्थ्यो । हामी बुद्ध पनि काल्पनीक थिए । कुनै बाहुन काठाले कोठामा बसेर लेखेको भन्ने थियौं होला । उता काठमाडौ आई पोखरीको पानी निराश गरि बस्ति बसाएका भनिएका महा मन्जुश्री पनि तान्त्रिक शक्ति भएका वास्तविक मानव नै थिए भन्ने कुरा करिव करिव पत्ता लागि सकेको छ । भोलि पश्चिमाहरूले नयॉं प्रविधिले राम र रामण दुबैको अस्तित्व प्रमाणित गरि हाम्रा सन्तानहरूलाई रामायण पढाउने दिन पनि आउने कुरा पक्का छ ।

रामको बंशावलीका कुरा गर्दा हामीले वर्तमान भारतको कुशबाह बंशको अध्ययन गर्नु जरूरी छ । अयोध्याका विवाद मा रामको कोही बंश छ भनी भारतको उच्च अदालतले प्रस्न गर्दा जयपुरका राजा भवानी सिंहले आफू रामको ३११ औ पुस्ता भएको वंशावली पेश गरेको प्रसंग पनि केही महिना अगाडी सामाजिक सन्जालमा व्यापक भएको थियो । जयपूरकै रानी पद्मिनीले पनि सोही तथ्य हालै एक अंग्रेजी च्यानललाई अन्तरवार्ताका क्रममा बताएगी छिन । आज राम नवमीको पुनीत अवसरमा त्यही बंशावलीको संक्षेपमा चर्चा गर्न चाहन्छु । उक्त बंशावलीमा त्यही बंशका बृहत्क्षण महाभारत युद्धमा अभिमन्यु द्वारामारिएका थिए भनिएको छ भने राजा शुध्दोधन, सिद्धार्थ गौतम र राहुललाई पनि बंशावलीमा समेटिएको छ । यसको समाचलोना र आलोचना आआफ्नै ठाऊमा होला तर उक्त बंशावली ज्यादै रोचक छ । नालान्दा विश्वविध्यालयका पुस्तकालय जलेपछि पुर्विय सभ्यताका सबैजसो दस्ताबेजहरू जलेतापनि कोहि रोचक दस्ताबेजहरू अहिले नी पढ्न पाईन्छ ।

रघुबंशका तेह्यौ पुस्ताका राजा दशरथ थिए । दशरथका जेठा छोरा राम थिए । रामका जुम्लिहा पुत्र लव र कुश थिए । कुश्को अतिधि भए, अतिधिका निषध भए, निषधका नल भए, नलका नभस, नभसका पुण्डरीक, पुण्डरीकका क्षेमधन्वा, क्षेमधन्वाका देवानीक, देवानीकका अहीनगर, अहीनरका रुरु, रुरुका पारियात्र, पारियात्राका दल, दलका छल (शल), शलका उक्थ, उक्थका वज्रनाभ, वज्रनाभका शंखनाभ, शंखनाभका व्यथिताश्व, व्यथिताश्वका विश्‍वसह, विश्वसहबाट हिरण्यनाभ, हिरण्यनाभबाट पुष्य, पुष्यबाट ध्रुवसन्धि, ध्रुवसन्धिबाट सुदर्शन, सुदर्शनबाट अग्निवर्णा, अग्निवर्णाबाट शीघ्र, शीघ्रबाट मुरु, मरुबाट प्रसुश्रुत, प्रसुश्रुतबाट सुगवि, सुगविबाट अमर्ष, अमर्षबाट महास्वन, महास्वनबाट बृहदबल, बृहदबलबाट बृहत्क्षण (महाभारत युद्धमा अभिमन्युद्वारा मारिएगा थिए), वृहत्क्षणबाट गुरुक्षेप, गुरक्षेपबाट वत्स, वत्सबाट वत्सव्यूह, वत्सव्यूहबाट प्रतिव्योम, प्रतिव्योमबाट दिवाकर, दिवाकरबाट सहदेव, सहदेवबाट बृहदश्‍व, वृहदश्‍वबाट भानुरथ, भानुरथबाट सुप्रतीक, सुप्रतीकबाट मरुदेव, मरुदेवबाट सुनक्षत्र, सुनक्षत्रबाट किन्नर, किन्नरबाट अंतरिक्ष, अंतरिक्षबाट सुवर्ण, सुवर्णबाट अमित्रजित्, अमित्रजित्बाट वृहद्राज, वृहद्राजबाट धर्मी, धर्मीबाट कृतन्जय, कृतन्जयबाट रणन्जय, रणन्जयबाट संजय, संजयबाट शुद्धोदन, शुद्धोदनबाट शाक्य, शाक्य (गौतम बुद्ध) बाट राहुल, राहुलबाट प्रसेनजित, प्रसेनजित् बाट क्षुद्रक, क्षुद्रकबाट कुंडक, कुंडकबाट सुरथ, सुरथ बाट सुमित्र, सुमित्रका भाई कुरुमबाट कुरुमबाट कच्छ, कच्छबाट बुधसेन भए ।

साथै बुधसेनबाट क्रमश: धर्मसेन, भजसेन, लोकसेन, लक्ष्मीसेन, रजसेन, रविसेन, करमसेन, कीर्तिसेन, महासेन, धर्मसेन, अमरसेन, अजसेन, अमृतसेन, इंद्रसेन, रजसेन, बिजयमई, स्योमई, देवमई, रिधिमई, रेवमई, सिद्धिमई, त्रिशंकुमई, श्याममई, महीमई, धर्ममई, कर्ममई, राममई, सूरतमई, शीशमई, सुरमई, शंकरमई, किशनमई, जसमई, गोतम, नल, ढोली, लछमनराम, राजाभाण, वजधाम (वज्रदानम), मधुब्रह्म, मंगलराम, क्रिमराम, मूलदेव, अनंगपाल, श्रीपाल (सूर्यपाल), सावन्तपाल, भीमपाल, गंगपाल, महंतपाल, महेंद्रपाल, राजपाल, पद्मपाल, आनन्दपाल, वंशपाल, विजयपाल, कामपाल, दीर्घपाल (ब्रह्मापल), विशनपाल, धुंधपाल, किशनपाल, निहंगपाल, भीमपाल, अजयपाल, स्वपाल (अश्‍वपाल), श्यामपाल, अंगपाल, पुहूपपाल, वसन्तपाल, हस्तिपाल, कामपाल, चंद्रपाल, गोविन्दपाल, उदयपाल, चंगपाल, रंगपाल, पुष्पपाल, हरिपाल, अमरपाल, छत्रपाल, महीपाल, धोरपाल, मुंगवपाल, पद्मपाल, रुद्रपाल, विशनपाल, विनयपाल, अच्छपाल (अक्षयपाल), भैंरूपाल, सहजपा,, देवपाल, ‍त्रिलोचनपाल (बिलोचनपाल), विरोचनपाल, रसिकपाल, श्रीपाल (सरसपाल), सुरतपाल, सगुणपाल, अतिपाल, गजपाल (जनपाल), जोगेद्रपाल, भौजपाल (मजुपाल), रतनपाल, श्यामपा,, हरिचंदपाल, किशनपाल, बीरचन्दपाल, तिलोकपाल, धनपाल, मुनिकपाल, नखपाल (नयपाल), प्रतापपाल, धर्मपाल, भूपाल, देशपाल (पृथ्वीपाल), परमपाल, इंद्रपाल, गिरिपाल, रेवन्तपाल, मेहपाल (महिपाल), करणपाल, सुरंगपाल (श्रंगपाल), उग्रपाल, स्योपाल (शिवपाल), मानपाल, परशुपाल (विष्णुपाल), विरचिपाल (रतनपाल), गुणपाल, किशोरपाल (बुद्धपाल), सुरपाल, गंभीरपाल, तेजपाल, सिद्धिपाल (सिंहपाल), गुणपाल, ज्ञानपाल, काहिनदेव, देवानीक, इसैसिंह, सोढ़देव, दूलहराय, काकिल, हणु, जान्हड़देव, पंजबन, मलेसी, बीजलदेव, राजदेव, कील्हणदेव, कुंतल, जीणसी , उदयकरण, नरसिंह, वणबीर, उद्धरण, चंद्रसेन, पृथ्‍वीराज सिंह (यस बीच पूणमल, भीम, आसकरण र राजसिंह पनि गद्दी मा बसे), भारमल, भगवन्तदास, मानसिंह, जगतसिंह (कंवर), महासिंह (आमेर मा राजा भएनन्), भावसिंह गद्दी मा बसे, महासिंह (मिर्जा राजा), रामसिंह प्रथम, किशनसिंह (कंवर, राजा भएनन्), कुंअर, विशनसिंह, सवाई जयसिंह, सवाई ईश्वरसिंह, सवाई मोधोसिंह, सवाई पृथ्‍वीसिंह, सवाई प्रतापसिंह, सवाई जगतसिंह, सवाई जयसिंह, सवाई जयसिंह तृतीय, सवाई रामसिंह द्वितीय, सवाई माधोसिंह द्वितीय, सवाई मानसिंह द्वितीय, सवाई भवानी सिंह भएको उल्लेख छ । सवाई भवानी सिंह वर्तमानमा पनि गद्दीमा विराजमान छन् ।

राम नवमीको पावन अवसरमा भगवान रामकाबारेमा थप अध्ययन अनुसन्धान गर्ने प्रेरणा र शक्ति सबैलाई प्राप्त होस भन्ने कामना गर्दछु ।

जय सीताराम ।

तेजबहादुर ढकाल

काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा