काठमाडौँ, १६ चैत । छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्न समस्या आउन सक्छन् ।
छालाको समस्या मध्ये प्राय छालामा सुख्खापन देखिने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या प्रमुख हुन् । ब्याक्टेरियाबाट हुने छालाको संक्रमण, भाइरसबाट हुने संक्रमण, फंगस संक्रमण, दाद, चिलाउने, सेतो दाग, ठेउला, लुतो आदिको समस्या यो मौसममा बढी हुन्छ ।
गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । त्यसैले छालाको समस्याबाट बच्ने यी उपायहरु अपनाउन सकिन्छ ।
१. मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ ।
२. तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने ।
३. कडाखालको साबुनको प्रयोग कम गर्ने ।
४. ऊनीको कपडाको प्रयोग नगर्ने ।
५. हिटर र एसीको लामो समयसम्म प्रयोग नगर्ने ।
६. पर्याप्त मात्रामा पानी पिउने ।
७. पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने ।
८. घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने ।
९. सकेसम्म दैनिक दुई पटक नभए कम्तिमा एक पटक नुहाउने र सफा कपडा लगाउने ।






