माधव समूहको ‘बालहठ’: ‘विधिले हैन, टोकेर जित्नुपर्छ’

मुलुकको चाहना हो, ‘समृद्ध नेपाल सुखी नेपाली’ । लामो समयसम्मको जनताको विकास र समृद्धिको मूर्छित सपनाहरुलाई पुरा गर्ने अभिभार नेपालमा रहेका सम्पूर्ण राजनीतिक तथा सम्बन्धीत निकायको रहेको छ । जसमा जनताको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग । विश्वकै सुन्दर नेपालले गरिव तथा दुःखीको पहिचानको विल्ला भिरिरहनु परेको छ । रोजगारीको लागि ५० डिग्रीभन्दा बढीको तातो घाममा भौंतारिनु परेको छ । परिवार पाल्नको लागि आफ्नो सवैथोक त्यागेर मरुभूमिको यात्रा तय गर्नु परेको छ ।

योग्य नागरिकले आफ्नो देशमा योग्यता, क्षमता प्रयोग गरी आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याउन पाएका छैनन् । बरु सहयोग गरेका छन् त केवल विदेशी मुलुकको विकासको लागि मेरुदण्ड बनी । नेपालमा लामो समयसम्म राजनीतिक तथा व्यवस्था परिवर्तनको लागि लडाई लड्नु पर्यो । जसले गर्दा समृद्धिको यात्रालाई ठेसमात्र लागेन, दशकौं वर्ष पछाडी धेकेली दियो । हजारौंले वलिदानी लिनुपर्यो । जनताको बलिदानीबाट राजनीतिक तथा व्यवस्था परिवर्तन त भयो । तर राजनीतिक नेतृत्वको मानसिकता भने परिर्तन हुन सकेन ।

भनाई छ, ‘तँ चिता म पुर्याउँछु ।’ सत्यको बाटोमा उक्त भनाई सार्थक हुन्छ । जसले नयाँ नयाँ ‘मिसन र भिजन’ ल्याउँछ र त्यसको व्यवहारिकतामा प्रयोग गर्छ । २१औं शताब्दीको युगमा पनि ढुङ्गे युगमा झैं राजनीतिक नेतृत्वको मानसिकतामा परिवर्तन नआउनु र पुरानो सोच साथै सधै पद र प्रतिस्ठा को लागी मरीहत्ते गर्ने तथा इगोको रुपमा लिई जनताको भाग्य र भविष्यमाथि खेलवाड मात्र भएको छैन, पुनः मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, पर्यटन, धार्मिक, सांस्कृतिक रुपान्तरण हुन कठिन रहेको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो, नेपालमा सधै राजनीतिक अस्थिरता ।

लामो समयपछि कम्युनिष्ट आन्दोलनले केही मात्रामा सार्थकता पाउँदै गएको थियो । कम्युनिष्ट एकताबद्ध हुँदै गइरहेका थिए । विश्वका विकसित मुलुकहरुमा बढि मात्रामा व्यवहारिक हुँदै गरेको दुई दलीय व्यवस्था तिर लम्बदै ग़ैरहेको थियो, नेपाल । जसमा कम्युनिष्ट र गैरकम्युनिष्टहरुबीचको प्रतिष्पर्धाबाट मुलुकको रुपमान्तरण हुने बटोमा अगाडी हिडिरहेको अबस्था थियो । जसबाट समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यले अभियानले सार्थकता पाउने निश्चित थियो । तर विडम्बना भन्नुपर्छ, नेपालमा एकताबद्ध भएको कम्युनिष्ट पार्टीहरु छिया छिया बन्न पुगे । एका तर्फ माओवादी केन्द्रको उग्रबाम्पन्थीवादले उदंडता मच्चायो भने अर्को तर्फ एमालेमा माधवकुमार नेपाल, झलनाथ खनालसमूहको लम्पसारवादको साथमा ‘बालहठ’ देखा पर्यो । जसको विरुद्धमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, भौगोलिकता लगायतका क्षेत्रमा राख्नुभएको दृढताले जनताको मन मुटुमा बस्ने स्थिति बनिरहेको थियो ।

प्रधानमन्त्रीको मुलुकप्रतिको लगावले विश्वको नजर नेपालमा पर्न गयो । नेपालको इतिहासमा कहिलै नमेटीने गरी नेपालको गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्र नेपालको नक्सामा समेटियो र संविधान संशोधन भयो । पृथकतावादी आन्दोलन गरेका सिके राउत, शसस्त्र युद्ध गरेका नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण मुलधारमा आए । जसले नेपाललाई टुक्र्याउने तथा रक्तपातपूर्ण बनाउने समूहहरुलाई शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा ल्याउन सफल बन्नुभयो प्रधामन्त्री केपी ओली । विकास र निर्माणका कुराले तिव्रता पाए । नेपालले विश्वलाई खोज्दै हिड्नुपर्ने अवस्थामा अहिले प्रधानमन्त्री केपी ओलीकै कारण विश्वले नेपाललाई खोज्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री ओली कै मिसन, भिजन र दृढताका कारण नेपालको शिर विश्वसामु उचो भएको छ ।

विर गार्खालीको पहिचान पुनः एक पटक विश्वले ध्यान केन्दीत गरेको छ । स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, विद्युत, रेलमार्ग, हवाई मार्ग, जलमार्ग, लेण्ड लक कन्ट्रिबाट लेण्ड लिक कन्ट्रिको रुपमा रुपान्तर, भारतको एकाधिकारलाई तोड्दै चाइनासँग पारवहन सन्धी, बंगलादेशसँग विभिन्न प्रकारका सम्झौताले मुलुकमा एक पटक पुनः सक्षम, योग्य तथा चट्टानी अडानको साथ मुलुकप्रति दृढ अडान भएको नेता केपी ओलीलाई पाएका छौं । माथि लेखिएका कुराहरु केवल उदाहरणमात्र हुन् । कयौं जनताले देख्ने, भोग्ने र प्रत्यक्ष व्यवहारिक रुपमा प्रयोग गर्ने अनगिन्ति कामहरु भएका छन् । जसले गर्दा केपी ओलीको नाम नेपाली इतिहासमा स्वणीम अक्षरले लेखिने देखिएको छ । यस्ता मुलुकको हितका लागि गरिएका असंख्य कामहरुले केपी ओलीको कारण विपक्षीको निद हराम भयो ।

ओलीलाई असफल बनाउ पार्टीभित्र र बाहिरी शक्तिको व्यापक प्रयोग भयो । जसको प्रत्यक्ष रुपमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निश्कासित हुनुभएका माधव कुमार नेपाल, झलनाथ खनालसमूह रहेका छन् । जसले गर्दा कम्युनिष्ट आन्दोलन नै धरापमा पुग्यो । लाखौं कम्युनिष्ट कार्यकर्ताको राजनीतिक भविष्य अन्धकारको बाटो तय हुन खोज्दै छ । पार्टीभित्र विधि र विधानको रटान लगाउन माधवकुमार नेपाल अहिले ठिक उल्टो भएको देखिन्छ । हाताहाती पदको बार्गेनिङ गर्नमा नै व्यस्त हुनुभएको छ । आफ्नो पद, कुर्सी तथा शक्तिको लागि पार्टीलाई त्याग गर्न समेत पछि पर्नु भएन माधव कुमार नेपाल । कम्युनिष्ट पार्टीलाई कांग्रेसको पाउमा विसाउन तल्लिन रहनुभएका नेता नेपालले बैधानिक तवरले पार्टीमा विधि विधानलाई लत्याउँदै केटा केटी पाराले झगडा गरी टोकेरे जित्न सकिन्छ कि भनेर मुलुकलाई अस्थिरताको बाटोमा डोर्याउने प्रयास गरिरहनुभएको छ ।

‘पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री भईसक्नुभएका माधव नेपाल, झलनाथ तथा डा. भिम रावललगायतका नेताहरू आजको राजनीति हामी बच्चामा साथीहरूसँग झगडा पर्दा हाना हाना गरिन्थ्यो । बलियाले बेस्मारी पड़्काउँथ्यो, लडाउँथ्यो अनी आफूले जित्न नसके पछि बेस्मारी टोकेर जीतिन्थ्यो ।’ आझ पनी धेरै बच्चा बच्चीमा तेही देखिन्छ । वहाँहरू अहिले तेही गरीरहनु भएको छ । यसले न पार्टीलाई फ़ाईदा भएको छ न मूलकलाई नै फ़ाईदा हुने वाला छ ।आज कोबिड १९ को महामारिमा मूलकले कती धेरै सफ़र गरीरहेको पार्टीका होनहार नेता तथा कार्य कर्ताले र नेपाली जनताको अनाहकमा ज्यांन गहिरहेको समयमा यसको लागी नेपाली जनता तथा कम्युनिष्ट कार्यकर्ताले समयमा नै सहि विश्लेषण तथा खवरदारी गरी मुलुकलाई अध्यारो सुरुङमा लैजानबाट रोक्नुपर्छ । कोभिडको बिरुद्ध लड्न एकजुट हुनुको बिकल्प छैन ।

(लेखक: नेपाल पर्यटन बोर्डका उपाध्यक्ष तथा पर्यटन विभागको पूर्वसचिव हुनुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले