‘आगामी नेपालको राजनीति र सतिसाल प्रधानमन्त्री केपी ओली’

राजु पहारी

नेकपा एमालेका अध्यक्ष तथा मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउनुभयो, यो सर्वमान्य कुरो हो । ओलीले मत गुमाई सके पछि अब के हुन्छ भन्ने कुरो लगभग सर्वविदितै छ । कि विश्वासको मत जित्ने, कि ठूलो दलको हैसियतले फेरी प्रधानमन्त्री हुने त्यो पनि नभए बहुमतको आधारमा नयाँ प्रधानमन्त्रीमा जाने । संविधानको ( धारा ७६ ९२० अनुसार, प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त ।

अहिले ( फेरि धारा ७६९२० अनुसार, सरकार गठनको आह्वान । महन्थ ठाकुर- निर्णायक, कुरा क्लियर नै छ । अर्को अंकगणितको पनि कुरो गरौं । ओली ९३ . ३५.७ प्रतिशत, नेकारमाकेरजसपा (उपेन्द्र-बाबुराम) १२४. यो ४७.७ प्रतिशत हो । माधव गुठ . २८. यो १०.७ प्रतिशत । महन्थ- उपेन्द्र समुह तटस्थ . १५ यो ५.७ प्रतिशत हो । यहि नतिजालाई आकलन गर्ने हो भने फेरी पनि ओलीले नै मुलुकको बागडोर सम्हाल्ने छन् र अर्को चुनाव गराउने छन् ।

यसै बिच महन्थ ठाकुरले एक प्रेस नोट जारी गर्दै बहुमतिय सरकारमा आफ्नो सहमति नहुने क्लियर गर्दिएका छन् । अब ओलीलाई अझ सहज र परिस्थिति अनुकुल हुँदै आएको छ । किनकि महन्थ समुह निर्णायक भुमिकामा देखिन्छ । कुरो यति मात्र हैन प्रधानमन्त्री ओली हटे पछि अब को प्रधानमन्त्री वा नँया अनुहार को रु भन्ने जटिल प्रश्न यहां छ । त्यो अनुहारले कति पटक प्रधानमन्त्री भयो के के गर्यो, अब के गर्छ रु भन्ने आंकलन सजिलै लाउन सकिन्न र हुने कुरो पनि हैन, यो पाटो लगभग सकियो ।

बाँकि कुरो संसद भवनमा देख्न पाइन्छ । जसले जति दम्भ र फुर्ति देखाए पनि केपी आलीको बिकल्प ओली बाहेक तत्काल कोहि छैन उनको बिकल्प नै उनि हुन् । राजपाको एउटा खेमा लगभग ओली कै छेउछाउ घुमिरहेको छ । लाग्छ उनकै छायाँ मडारी रहेको छ, त्यो प्रेस नोटले पनि जनायो । मधेसका कैयौं समस्या ओली बाहेक अरुले पुरा गर्न सक्दैन भने त्यो खेमाले राम्रोसँग बुझेको छ । हुलाकी राजमार्ग, चौडा सडक र ब्यवस्थित बजार प्लान, दशौं ठूला आयोजनाहरु तराईले पाएको छ । कुनै दिन ओलीलाई निषेध गरिएको तराई-मधेस आज ओलरीको पक्षमा जुरुक्कै उठेको छ ।

अहिलेको अवस्था हेर्दा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाका दुई रणनीति देखिन्छन् । पहिलो एमालेलाई फुटाउने र आउने चुनावमा पहिलो पार्टी बन्ने र दोस्रो आफु प्रममा आसिन हुँदै चुनाव गराउने । जसले गर्दा एमाले फुट्यो भने केहि सिट गुम्छ र चुनावमा पहिलो पार्टी कांग्रेस नै हुन्छ र नेपाली कांग्रेसको महाधिवेशन पनि टर्छ ।

यता नेकपा पार्टी भित्र गोलमटोल छ, पार्टी भित्रै विपक्षको भुमिका खेल्ने र आफ्नै पार्टीको सरकार ढलाएर कांग्रेसलाई सत्ता सुम्पिन तयार भै आत्मदाह गर्न तयार भएका माधवकुमार नेपाल र २८ सांसद लिएर गुप्तबास झै टिभि रिमोट बोकेर घर मै छन् । उनको भुमिका पार्टी विभाजन गरी आफु नयाँ पार्टीको अध्यक्ष वा प्रचण्डको पार्टीसँग एकता गरी अगाडि बढ्ने छ । यति पनि नसके प्रधानमन्त्री केपी ओलीलाई त जसरी पनि सत्ताबाट हत्याउने खेल खेलिरहेका छन् । यो परिस्थिति सामना गर्न उनि तयार भए पनि उनकै गुट भित्रका केहि नेताहरु भने आफ्नै पार्टीको सरकार गिराउन नहुने तर्क गर्छन् । भोली आउने कुनै पनि राजनीति प्रणालीमा माधव कुमार नेपाल आफ्नै पाटीको सरकार ढाल्ने कुपात्रको रुपमा आम कार्यकर्ता र जनता बुझ्ने छन् र अन्तत् उनको राजनीति जिवन नै समाप्त हुने लगभग पक्का छ ।

तर संसदीय व्यवस्था हो यहाँ अर्को खेल पनि हुन सक्छ । एता नेकपा एमालेले कार्वाहि पनि नगर्ने, संसद पद पनि नजाने र देउवासँग आन्तरिक सहमति गरि यो दुई वर्षलाई एक एक वर्ष प्रम चलाउने भन्ने भद्दा सहमति पनि हुन सक्छ तर यो तत्कालका लागि नभएर नेकपा एमालेको केन्द्रीय कमिटी बैठक कुर्न पर्छ ।

राजनीतिका चतुर एवम् हक्कि र निडर नेताका रुपमा प्रस्तुत पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले यति सजिलै यो अध्यायको अन्त गर्लान् जस्तो लाग्दैन । उनको इच्छा पार्टी एकता, एक सफल राजनीतिक पार्टी, जनताको प्यारो पार्टी नेकपा एमाले बनाउने तिरै केन्द्रीत देखिन्छ । यसो गर्न पार्टी भित्रका गद्दारहरु पाखा लगाउनु नै उचित हुने कुरो उनले बुझेका छन् । र यो आम नेता कार्यकर्ताको पनि माग हो ।

अर्को तिर १० वर्ष युद्ध गरेर देशलाई ५० वर्ष पछाडि धकेलेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको नेकपा ९माके० छ । चुनावि गठबन्धन हुँदै पार्टी एकता गरेका प्रचण्डले त्यस अघि स्थानिय निर्वाचन नेपाली कांग्रेससँगको सहकार्यमा गरेका थिए । तर उनिहरुलाई नेपाली जनताले पत्यायनन् । कुटिल चाल खेल्न सक्ने प्रचण्ड कांग्रेसँग भविष्य नदेखे पछि देशैभरी केपी ओली क्रेज देखे र उनको आँखा नेकपा एमाले तिर लाग्यो । ६०(४० को भागबन्डा मानेर आफ्नै पथ प्रचण्डपथलाई एउटा कोक्रोमा सुताएर उनि केपी ओलीसँगै काँध जोड्न आए । उनि आउनु एउटा प्रमुख कारण त के थियो भने पार्टीले जित्छ जसरी तसरी पूर्व एमालेलाई तहस नहस गरी फेरी मुलुकको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष हुने नै थियो यो तथ्य हो । तर उनले यो बुझेनन् कि उनको अगाडि एउटा सतिसाल (केपी ओली) खडा छन् । जसले उनको सपना साकार हुन दिन्नन् । यति मात्र हैन छेउछाउसम्म पर्न दिन्नन् । चुनाव कै विश्लेषण गरौ भने ओलीसँ काध जोड्न आउँदैन थिए भने उनको पार्टी बढिमा ३० सिट मै सिमित हुने थियो । आज उनि ३० सिटे पार्टीको ३२ वर्षे अध्यक्ष हुने थिए । प्रचण्ड के चाँहि भ्रममा थिए भने जसरी उनले मोहन बैद्द, गोपाल किँराति, डा. बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द बिप्लप लगायतलाई सजिलै पाखा लगाए । त्यसैगरी एमाले र ओलीलाई पाखा लगाइहाल्छु, गरिहाल्छु भन्ने कुण्ठित मानचित्रका रुपमा औलाए । यो उनको राजनीति इतिहास कै ठूलो खाडल अगाडि आयो, जुन खाडलमा न त पस्न सकेर उम्किए न त खाडललाई पुर्न सके । र त्यहि खाडल झन् झन् गहिरो हुँदै पातालसम्म पुग्ने गन्तव्य तय भयो ।

माधव कुमार नेपाललाई उचाल्दै एमाले भित्र खेल्न त खेल्दैछन् तर उनि सफल नहुने प्रायः निश्चित छ । अब प्रचण्डले माधवकुमार नेपालसँग रहेका सांसदहरुवि चुनावि तालमेल गरी जित सुनिश्चित गराउँछौं भनेर लबिङ गरी अर्को बखेडा खडा गर्दै एमाले भित्र बितन्डा मच्चाउन पनि सक्छन्, यसमा नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवा पनि लाग्ने छन् ।

अब यि सवैको सम्भावना त्यतिबेला रहन्छ जति बेला प्रधानमन्त्री केपी ओली हरेस खाने छन् तर राजनेताको उपमा पाएका ओली यति छिटै हरेस् खाइ हाल्ने, छोडिहाल्ने वा आफु बहिर्गमन भएर जाने त एउटा गितले भनेझैं ञञसम्झिने पानी छम्किनेझझ जस्तै हो । केपी ओलीको स्वास्थ्यले साथ दिने बेलासम्म अब को १०औं वर्ष नेपाली राजनीति ओलीकै अगाडी पछाडि घुम्ने पक्का छ ।

(लेखक नेकपा एमाले बर्दिया जिल्ला कमिटी सदस्य रास्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा बर्दिया जिल्ला कमिटी संयोजक हुनुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले