अस्पतालमा थपिँदै कोरोना संक्रमित

काठमाडौँ, २८ चैत । प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन् ।

प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार ५ जना भर्ना भएका छन्। सामान्य बेडमा ४ र आईसीयूमा २ जनाको उपचार भइरहेको छ । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको यो अस्पतालमा आएका संक्रमितको उपचार थालिएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन् ।

लुम्बिनी प्रदेशको बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा बिरामी थपिँदै गएका छन् । ‘केही समय अस्पतालमा बिरामी भएनन्। अहिले आईसीयूमा तीन जनाको उपचार भइरहेको छ’, लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले भने ।

लुम्बिनी अस्पतालले सञ्चालन गरेको ‘फिबर क्लिनिक’मा स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई राख्ने गरिएको छ । जटिल अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गर्ने गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष