कोरोना बिमाको दावी भुक्तानी ११ हजारले लिए

काठमाडौँ, ३० मंसिर । कोरोना बिमा गरेर ११ हजार भन्दा धेरै संक्रमित बिमा दावी भुक्तानी पाएका छन् । भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ ।

सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बिमा समितिका कार्यकारी निर्दे कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । मंगलबारमात्रै १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना रहेको छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् । यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखा (ईडीसीडी)मा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । ईडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको कागजात पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका बिमा समितिले जनाएको छ । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेशलगायतका समस्याहरु देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २२ कार्तिक । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने

काठमाडौँ, २२ कार्तिक । काठमाडौँबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास