पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ

काठमाडौँ, २२ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पटका बिक्री वितरण भइरहेको सूचनाका आधारमा आइतबार बिहान प्रहरीले माइला जर्नल स्टोर र जागृती सप्लायर्समा गस्ती तथा जाँच गर्ने क्रममा विभिन्न प्रकारका पटका बरामद गरेको हो ।

प्रहरीका अनुसार माइला जर्नल स्टोरबाट मिनी बुलेट १० प्याकेट, किङकोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरिएको छ । त्यस्तै जागृती सप्लायर्सबाट मिनी बुलेट ४ प्याकेट, किङकोब्रा ११ प्याकेट र झिरझिरे १३ वटा बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २२ कार्तिक । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने

काठमाडौँ, २२ कार्तिक । काठमाडौँबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास